दफा
ववथ्याङ्क उत्पादनकर्ताले पालना गर्नु पर्ने शर्त
(१) तथ्याङ्क उत्पादनकर्ताले तथ्याङ्कीय क्रियाकलापमा ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित शर्तको अतिरिक्त देहायका शर्त पालना गर्नु पर्नेछ:-
(क) तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन, भण्डारण र वितरण गर्दा राष्ट्रिय मानक र गुणस्तर पालना गर्नु पर्ने,
(ख) तथ्याङ्कीय कार्यमा दक्ष तथा व्यावसायिक जनशक्तिलाई संलग्न गराउनु पर्ने,
(ग) तथ्याङ्क सङ्कलन सम्बन्धी कार्यमा योग्यता पुगेका व्यक्तिलाई मात्र संलग्न गराउनु पर्ने,
(घ)- तथ्याङ्क सङ्कलनको क्रममा उत्तरदाताको अनुमति नलिई कुनै पनि अर्को व्यक्तिलाई उपस्थित वा संलग्न गर्न नहुने,
(ङ) तथ्याङ्कीय कार्य सञ्चालन गर्दा सम्बन्धित सरोकारवालाबिच समन्वय कायम गर्नु पर्ने।
(२) तथ्याङ्क उत्पादनकर्ताले तथ्याङ्कीय क्रियाकलाप गर्दा राख्ने प्रशासनिक अभिलेख र फाराम तथ्याङ्क उत्पादन उपयोगी ढाँचामा राख्नु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिमका शर्तको पालना भए नभएको अनुगमन कार्यालयले गर्नेछ।